बैतडी -बैतडीको पाटन नगरपालिका वडा न.- २ मा एचआईभि संक्रमितहरुको परिवारलाई लक्षित गरी लान्छना तथा भेदभाव सम्बन्धी तालिम सन्पन्न गरिएको छ ।
लामो समय देखी एचआईभि एड्सको क्षेत्रमा काम गर्दैे आएको एन ए पिएन र बैतडी प्लसको सहकार्यमा तालिम सम्पन्न भएको हो ।स्थानिय महिलास्वास्थ्य स्वयं सेविका र विद्यालयका शिक्षकहरु सहभागि रहेको तालिमको सहजीकरण केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा कार्यरत सरोज भट्टले गरेका थिए ।
तालिममा अवसरमा एचाआईभि एड्स यो एउटा अवस्थामात्र भएकोले हरेक समुदायमा कुनै पनि संक्रमितलाई माया र सत्कार गर्नुपर्ने बताईएको थियो । एचअआईभि एड्स सम्बन्धी यस्ता जनचेतना मुलक कार्यक्रमले सिंगो समाजलाई नै फाईदा हुने सहभागिले बताएका थिए ।