बैतडी । मेलौली नगरपालिका-०७ काडाँ स्थित मणिलेक माध्यमिक बिद्यालयले ५९ औँ राष्ट्रिय बाल दिवस मनाएको छ। बिद्यालयको प्राङ्गणमा सास्कृतिक एबं बिभिन्न कार्यक्रमका बिच ५९ औँ राष्ट्रिय बाल दिवस मनाएको बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बताए।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बाद दिवसका बारेमा मन्तब्य राखेका थिए। यो पटकको बाल दिवसको मूल नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ तय गरिएको छ।
कार्यक्रममा बिद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थी, सम्पूर्ण शिक्षक, मणिलेक माबिका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केशब सिह भाट, मेलौली नगरपालिक-०७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, सञ्चारक्रर्मी लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो।
बाल दिवसको अवशरमा केहि दिन अगाडी सम्पन्न गरिएको ७६ औँ बार्षिकोत्सब तथा अभिभावक दिवसमा सहभागि बिद्यार्थीलाई पुरुस्कार समेत वितरण गरिएको थियो। नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको दिन पारेर बाल दिवस मनाउने गरिएको हो।
नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको। संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार सहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ।