सिक्किममा ठूलाे वर्षापछि आएको बाढीले सेनाका २३ जवान बेपत्ता

भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन्। उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।

यस्तै, बाढीमा परेर  जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ । राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.