बैतडी । पछिल्लो समयका लोकप्रिय देउडा गायक शेरी औजीका एकैपटक दुई गित सार्बजनीक भएका छन। ईजराईलको घटना बिशेष “हे दैब” र देउडा गित “मेरी लक्षिमा नाचिरै छ” बोलका दुई गित सार्वजनीक भएका हुन।
“मेरी लक्षिमा नाचिरै छ” गितमा गायक औजीलाई सञ्चीता नेपालिले स्वरमा साथ दिइकि छन। जे आर भट्टको लय रहेको गित कृष्ण बाजुरेलीले एरेन्ज गरेका हुन। प्रकाश बिश्वकर्मा, झरना बोहर, सागर शंकर र साबित्रिको सुन्दर अभिनय रहेको भिडियोको निर्देशन कमल थापा बिवेकले गरेका हुन। भिडियोलाई एसपि देउडा पिक्चर युटुबबाट सार्वजनीक गरिएको छ।
म्यूजिक सिरामा रेकर्ड गरिएको गितको भिडियो बिनोद भण्डारी र राजु बिष्टले खिचेका हुन।
यसैगरी ईजराईलको घटना बिशेष “हे दैब” बोलको गितमा गायक औजिको एकल आवाज रहेको छ। भानुभक्त जोशीको लय रहेको गित म्यूजिक सिरामा रेकर्ड गरिएको हो। गितको एरेन्ज कृष्ण बाजुरेलीले एरेन्ज गरेका हुन भने भिडियोमा भुपेन्द्र बोहरा र मन्जु कुवरको अभिनय रहेको छ।
सागर खड्काले निर्देशन गरेको भिडियो माता निङ्लाशैनी युटूबबाट सार्बजनीक गरिएको छ। दुईटै गितलाई माया गरिदिन गायक औजीले आग्रह गरेका छन।
super song येस्तै यस्तै गीत आरु सुन पाइयोस्