बैतडी । मेलौलीमा फेरी जेष्ठ नागरिक दौड प्रतियोगिता हुने भएको छ। गत बर्ष जस्तै मेलौली नगरपालिका-०७ ले यो बर्ष पनि जेष्ठ नागरिक (१०० मिटर) दौड प्रतियोगिता सञ्चालन गर्ने वडा अध्यक्ष रामचन्द्र भट्टले बताए।
वडा स्तरीय खेलकुद बिकास समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा यहि कार्तिक १५ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनार्ईएको छ। जेष्ठ नागरिक दौड प्रतियोगिता सगै खुल्ला पुरुष टि–१० क्रिकेट र खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने वडा अध्यक्ष भट्टले बताए।
प्रतियोगिताहरु मणिलेक माध्यमिक बिद्यालयको प्राङ्गणमा सञ्चालन गरिने जनाईएको छ। प्रतियोगितामा वडा भित्रका नागकरिहरु मात्र सहभागि हुने पाउने छन।
टि–१० क्रिकेट प्रतियोगितमा प्रथम हुने टिमलाई १५ हजार र द्धित्तिय हुनेलाई १० हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने वडा स्तरीय खेलकुद बिकास समिति अध्यक्ष बिरेन्द्र चन्दँले बताए। म्यान अफ द सिरिजलाई २ हजार, बेष्ट ब्याट्सम्यानलाई १ हजार र बेष्ट बलरलाई पनि १ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने जनाईएको छ।
यसैगरी महिला भलिबलमा प्रथम हुने टिमलाई १२ हजार, द्धित्तिय हुने टिमलाई ९ हजार र तृतीय हुने टिमलाई ६ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिने वडा अध्यक्ष भट्टले बताए। जेष्ठ नागरिक दौड प्रतियोगितमा प्रथम हुने महिला पुरुष दुईटैलालाई ९ हजार, द्धित्तिय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सहभागि सबैलाई उचित पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिने बताईएको छ।
गत बर्ष समाजिक सञ्चालमा जेष्ट नागरिकहरुको दौड प्रतियोगिता हुने भनेपछि अधिकाशंले आलोचना समेत गरेका थिए भने केहिले समर्थन समेत गरेका थिए। जेष्ठ नागरिकको दौड प्रतियोगिता हुने भनेपछि सो वडाका जेष्ठ नागरिक उत्साहित तथा एकदमै आकर्षित हुँदै सहभागि भएका थिए भने हेर्ने दर्शकहरुको बाक्लो रुपमा भिड थियो।
प्रतियोगितलाई सम्पन्न गर्नमा आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिन वडा अध्यक्ष भट्टले आग्रह गरेका छन।