मेलौली न्यूज
कार्तिक २७ शनिबार,२०७८
बैतडी–शिवनाथ गाउँपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शनिवार गत आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक समिक्षा तथा चालु आर्थिक बर्ष २०७८÷०७९ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिकाको आयोजना गत बर्षको समिक्षा तथा चालु आर्थिक बर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको शिबनाथ गाउपालीकाले जनाएको छ। कार्यक्रममा गत आर्थिक बर्षमा गाउँपालिकाले सम्पन्न गरेका बिभिन्न योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ ।
यस्तै चालु आर्थिकको पहिलो चौमासिकमा गाउँपालिकाले गरेका कार्यक्रमहरुको बारेमा पनी कार्यक्रममा नागरिकहरुलाई जानकारी गराईएको छ । गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले बिभिन्न बिकास निर्माणका काम तथा कार्यक्रमहरुका बारेमा नागरिक स्तरबाट उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।
गाउँपालिकाको बिभिन्न शाखाहरु मार्फत सञ्चालनमा रहेका कार्यक्रमहरुका बारेमा पनी नागरिक स्तरबाट उठेका जिज्ञासाहरुको जवाफ बिषयगत शाखाका प्रमुखहरुले दिएका छन् । सुनुवाई कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका प्रतिनिधि र सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।