महिला सशक्तीकरण तथा वित्तीय साक्षरता सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वार्षिक कार्यक्रम अन्तर्गत महिला सशक्तीकरण, वित्तीय साक्षरता तथा क्षमता विकास सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

वडा नं. ०४ का वडा अध्यक्ष जनक बहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय महिला, महिला स्वास्थ्य स्वयंसेविका, एकल तथा विपन्न महिला, दलित महिला लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा नबिल बैंक पञ्चेश्वर शाखाका कर्मचारी सम्राट सिंह महताले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा बैंकिङ सेवा, बचतको महत्व, डिजिटल बैंकिङ, वित्तीय अनुशासन, सुरक्षित कारोबार तथा आत्मनिर्भर बन्न आवश्यक आर्थिक सीपबारे जानकारी गराइएको थियो।

कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द, उपाध्यक्ष बिना भट्ट, कार्यपालिका सदस्यहरू, स्वास्थ्य चौकी प्रमुख तथा वडा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको वडा अध्यक्ष चन्दले बताउनुभयो।

सहभागीहरूले प्रशिक्षणबाट वित्तीय ज्ञान तथा आर्थिक व्यवस्थापनसम्बन्धी उपयोगी जानकारी प्राप्त भएको बताएका छन्। गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरण र नेतृत्व विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने महिला तथा बालबालिका शाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.