पिपिएल क्रिकेट: आज तीन खेल सम्पन्न

बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल ३) मा नागेश्वर क्रिकेट क्लबले लगातार दोश्रो जित दर्ता गरेको छ। नागेश्वरले आज भुमेश्वर युवा क्लब र धारिलो क्रिकेट क्लबलाई पराजित गरेको हो ।

आज ३ खेल भएका थिए। पहिलो खेलमा नागेश्वरले भुमेश्वर युवा क्लबलाई पराजित गरेको थियो भने दोश्रो खेलमा सहस्त्रलिङ्गले दिपचन क्रिकेट क्लबलाई पराजित गरेको थियो। आजै भएको तेश्रो खेलमा धारिलोलाई नागेश्वरले हराएको छ।

आज भएको पहिलो खेलमा नागेश्वरका बिरुद्ध भुमेश्वर क्रिकेट क्लबले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। भुमेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो। उसका लागि प्रकाश बिष्टले ४८ रन बनाए। नागेश्वरका सुरज देउवा, कृष्ण बिष्ट र आशिष बिष्टले समान एकएक विकेट लिएका थिए। भुमेश्वरका पाँच खेलाडी रन आउटको धरापमा परेका थिए।

१०७ रनको विजयी लक्ष पच्छ्याएको नागेश्वरले १४ औँ ओभरमै ८ विकेट गुमाएर लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए। नागेश्वरका हरिश चन्दले ४२ रनको पारी खेलेका थिए। उनि नै म्यान आफ द म्याच चुनिए। भुमेश्वरका दिपक ऐरीले ३ विकेट लिए।

यसैगरी आजै भएको दोश्रो खेलमा सहस्त्रलिङ्ग क्रिकेट क्लबले दिपचन क्रिकेट क्लबलाई हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको दिपचन त्रिकेट क्लबले ९।४ ओभरमा नै अलआउट हुदै २६रन मात्रै बनाउन सक्यो। सहस्त्रलिङ्गका लक्ष्मण महराले ३ विकेट लिए। दिपचनका ५ खेलाडी रन आउटको धरापमा परे।

२७ रनको समान्य लक्षसहित मैदान उत्रेको सहस्त्रलिङ्ग क्रिकेट क्लबले १।४ ओभरमा नै लक्ष भेट्टाएको स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए। सहस्त्रलिङ्गका लक्ष्मण महरा म्यान आफ द म्याच चुनिए ।

यसैगरी आजै भएको अन्तिम खेलमा नागेश्वर क्रिकेट क्लबले धारिलो क्रिकेट क्लबलाई हराएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नागेश्वरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १५६रन बनाएको थियो। उसका लागि आशिष बिष्टले ३४, कृष्ण बिष्टले २९ र हरिश चन्दले २१ रनको योगदान गरे।

धारिलोका दिनेश जोशी र अमित कठायतले समान तीनतीन विकेट लिए। १५७ रनको विजयी लक्षका साथ मैदान उत्रिएको धारिलोले १५ ओभर खेल्दै १३१ रन मात्रै बनाउन सक्यो। उसका लागि सन्तोष साउँदले ३७ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। नागेश्वरका अशिष बिष्ट म्यान आफ द म्याच चुनिए।

यहीँ कार्तिक १२ गतेदेखि सुरु भएको तेश्रो संस्करणको पिपिएल पैतियोगिता कार्तिक २४ गते सम्पन्न हुने छ ।

Leave A Reply

Your email address will not be published.