बैतडी-बैतडीको मेलौली नगरपालिकामा स्थानीय तह र किशोरकिशोरीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार मेलौली नगरपालिका कार्यालयमा यूएनएफपीएको सहयोगमा भीएसओ र पिसविनको साझेदारीमा कार्यक्रम सम्पन्न भएको परियोजना अधिकृत कृष्ण दत्त भट्टले बताउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले रूपान्तरण कक्षाले बालविवाहसम्वन्धि धारणा परिवर्तन हुँदै बताएका हुन ।
रूपान्तरण कक्षाबाट बालविवाहले पर्ने शारिरिक र मानसिक असरका साथसाथै क्षमता अभिवृद्धि पनि भएको मठैराज किशोरकिशोरी समूहकी सहजकर्ता हरु भट्टले बताउनुभयो । बालविवाह न्यूनीकरण परियोजना बैतडीका ७ स्थानीय तहमा सञ्चालन हुँदै आएको जनाएको छ।