मेलाको लागि मेलौली भगवती मन्दिर परिसरका ढुङ्गाहरु हटाउन थालियो

बैतडी । प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लाग्ने मेला ‘देहिजाँतमा’को लागि मन्दिर परिसरका ढुङ्गाहरु हटाउन थालिएको छ। मन्दिरको घेरवार वाल निमार्णका लागि ल्याईएका दुङ्गाहरु हटाउन थालिएको हो।

मन्दिर परिसरका बिभिन्न ठाउँमा थुपारेर राखिएका ढुङ्गाहरु मन्दिर किनारतिर ब्यवस्थापन गर्न लागिएको हो।

No description available.

मेलाको दिन मन्दिर परिसरका बिभिन्न ठाउँमा थुपारेर राखिएका ढुङ्गाहरुले असहज हुने भएकाले हटाउन थालिएको जनाईएको छ।

No description available.

ढुङ्गाहरुलाई डोजर र छ.ट्याक्टर लगाएर असहज नहुने मन्दिरकै किनारमा ब्यवस्थापन गर्न लागिएको छ।

No description available.

यस बर्ष मेलौली जात्रा मंसिर १० गते लाग्ने भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला यस बर्ष मंसिर १० गते रतेडि र ११ गते दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए।

देहिजाँतको रूपमा परिचित मेला पशुबलि सहित भव्य रुपमा लाग्ने गर्छ। मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन।

मेलामा ब्यापार गर्नको लाछि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.