बैतडीमा बिडिसिए कप क्रिकेट हुँदै, खेलतालिका सार्वजनिक

बैतडी । बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिता यही मंसिर १६ गतेबाट शुरु हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने बिडिसिए कपको यो २० औं संस्करण हो।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा सञ्चालन हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ए मा एनआरवाईसी बठ्ठा, नवजागृति क्रिकेट क्लब, नागार्जुन जनसेवा, पंचकोटी क्रिकेट क्लब, समूह बी मा निङ्गलासैनी क्रिकेट क्लब, कालाशैनी क्रिकेट क्लब, महामाया क्रिकेट क्लब रहेका छन्।

यसैगरी समूह सी मा दशरथचन्द स्मृति प्रतिष्ठान,ग्वाल्लेक क्रिकेट क्लब, महारुद्र क्रिकेट क्लब समूह डी मा यौंगस्टार क्रिकेट क्लब, त्रिपुरा क्रिकेट क्लब र पाटन क्रिकेट क्लब रहेका छन्।

प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन खेलमा मंसिर १६ गते बिहान ९ बजे एनआरवाईसी बठ्ठा र पञ्चकोटी क्रिकेट क्लब भिड्नेछन् ।

यो बर्ष बिडिसिए कप वान डे फम्र्याटमा खेलाइने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। विगत बर्षहरुमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो बर्ष ५० ओभरमा खेलाइन लागेको हो।

प्रतियोगितामा १६ बर्ष मुनिका खेलाडीहरुलाई समावेश गर्न दिइने छैन् भने एक टीममा २३ बर्षमाथिका बढीमा ४ जनाले खेलाडीले मात्रै सहभागिता जनाउन पाउने क्रिकेट प्रशिक्षक दिपेन्द्रबहादुर बोहराले बताउनुभयो ।

प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.