पिएम कप महिला क्रिकेटः रितुको कप्तानीमा बैतडीको टोली घोषणा

बैतडी । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ। रितु कनौजियाको कप्तानी १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो।

कप्तान रितुसंगै पिंकी बोहरा,आरती बोहरा,जानकी थापा,संगिता मौनी,करिष्मा थापा छनौट भएका छन्। यस्तै निर्मला भण्डारी,रितु बुडाल,ममता बोहरा,रबिना बोहरा,बसन्ती बोहरा,लक्ष्मी महर,रेनु पेला र ममता चन्द पनि अन्तिम १४ लागि छनौट भएका छन्।

यसका साथै निर्मला रावल,ईश्वरी भण्डारी,पुनम मल्ल र ममता लावड बैकल्पिक खेलाडीका रूपमा छनौट भएका बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा ३ दिन छनोट प्रतियोगिता सञ्चालन गरिएको र उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी टोलीमा परेका हुन्।
छनौट भएको टोलीले सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटमा सहभागीता जनाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो।
प्रदेशमा उत्कृष्ट प्रदर्शन गरेर छनौट भएका खेलाडीले राष्ट्रिय प्रतियोगिता खेल्नेछन्।

प्रदेशस्तरीय छनौट प्रतियोगिता यहि मंसिर २४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुने क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताउनुभयो। प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस १ गतेदेखि काठमाडौंमा हुने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो। प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहनेछ।

Leave A Reply

Your email address will not be published.