बैतडी-भागेश्वर गाउँपालिकाले विद्यालयका सुचना अधिकारीहरुलाई २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका भरी रहेका प्राथमिक,आधारभुत, र माद्यमिक विद्यालय गरि ३२ वटा विद्यालयका सुचना अधिकारीहरुका लागी आभिमुखीकरण गराएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताउनुभयो। शैक्षिक समृद्धी गर्ने तर्फ बजेट कार्यान्वयनमा जोड दिएको भारतीले बताउनु भयो । भागेश्वर गाउँपालिकाको निति तथा कार्यक्रममा भागेश्वर शैक्षिक गुणस्तर बर्षको रुपमा आभियानको रुपमा कार्यान्वयन गर्नुपर्ने गाउँपािलका अध्यक्ष हेमराज चटौतले जोडदिनुयो ।