बैतडी-दाइ संग भारत जाँदै गरेका बैतडीका एक किशोर बेपत्ता भएका छन् । आफ्नो सहोदर दाइ संगै भारतको बेंगलोर गइरहेका जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ जेब्लाडाँडाका १८ वर्षिय महेश धामी ९पुनम ० सोमवारबाट बेपत्ता भएका हुन् ।
नयाँ दिल्लीबाट ट्रेनमा संगै जानेबेला महाराष्ट्रको हेमन्त नगरपास भन्ने ठाउँबाट भाइ सम्पर्क बिहिन भएका दाइ मोहन धामीले जानकारी दिए । भाइ हराएपछि आफुले सो ठाउँमा खोजतलास गरेपनि कतै नभेटिएका उनले बताए । भाइ हराएपछि भारतमा रहेका चिनेका व्यक्तिहरुलाई समेत खबर गरेको उनले बताए।
पुनम हराएको कुरा आफु संग आएपछि सुदुरपश्चिमेली नेपाली समाज भारत लगायत सबै साथिहरुसंग तस्बिर सहितको म्यासेज छोडेको भारतको दैहराबादमा रहेका सुर्नयाका युवा विनोद बहादुर विष्टले बताए ।
बेपत्ता पुनमलाई कसैले कहिँकतै भेटे भारतिय मोबाइल नम्बर ९१८२९२४९४५ मा फोन गरेर खबर गरिदिन उनले सबैलाई आग्रह गरेका छन् । भारत जाँदै गर्दा बिच बाटोबाटै पुनम बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ ।
घरपरिवारले बेपत्ता किशोरको खोजिका लागि भारतमा रहेका सबै नेपालीहरुलाई अनुरोध पनि गरेको छ ।