बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना, ३ जना घाइते

बैतडीमा जिप दुर्घटना भएको छ। पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना२च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो।

दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घाइते हुनेहरुमा पञ्चेश्वर-४की २० वर्षीया प्रेयंका चन्द,सोही वडाका ६९ वर्षीय बिसर बहादुर चन्द र शिवनाथ गाउँपालिका-३ की १८ वर्षीया सानु चन्द रहेकी छन्। उनिहरुको आमचौरा स्वास्थय चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका, प्रबक्ता प्रहरी निरिक्षक खेमत्रिक्रम केसीले जानकारी दिए।

उकालोसहितको मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ। जिप अन्ताजी १० मिटर तल खसेको छ।

Leave A Reply

Your email address will not be published.