बैतडी । मेलौलीमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। वडा नं ३ कुजागाडमा सम्पन्न शिविरबाट ८१ किसान परिवार लाभान्वित भएका छन।
मेलौली नगरपालिका पशु सेवा शाखाको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो। बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोग विरुद्ध तथा अन्य विभिन्न किसिमका रोगहरुको औषधि वितरण तथा पशुको काष्टेसन समेत गरिएको पशु सेवा शाखा प्रमुख कमलापति भट्टराईले जानकारी दिए।
शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पश ुरोगबाट बच्ने उपायबारे परामश सेवा पनि प्रदान गरिएको प्रमुख भट्टराईले बताए।