पिएम कप क्रिकेट : बैतडी र कैलाली भिड्दै

बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको आजको खेलमा बैतडी र कैलाली भिड्दैछन्। फाप्ला मैदानमा कैलालीले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।

बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएको छ ।

लगातार तेस्रो जित हात पारेको बैतडी आजको खेल जित्दै फाइनलमा सुरक्षित हुन चाहन्छ। यसअघि खेलेका तीनमध्ये दुई खेलमात्रै जितेकाले कैलालीलाई फाइनल पुग्न आजको खेल जित्नै पर्ने दबाव छ। यद्यपि आजको खेल बैतडीले जितेमा कञ्चनपुर फाइनलमा पुग्नेछ।कञ्चनपुरले चारमध्ये तीन खेल जितेको छ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको छनौट प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ। छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ।

Leave A Reply

Your email address will not be published.