बैतडी । मेलौलीमा शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको तालिम सम्पन्न भएको छ। मणिलेक माविमा सञ्चालन गरिएको शिक्षक क्षमता अभिवृद्धि एवं अभिमुखिकरण कार्यकम सम्पन्न भएको बिद्यालयका प्रधानाध्यापक देबदत्त कलौनीले बताए।
नमुना विद्यालय विकास कार्यकम अन्तरगत शैक्षिक तथा व्यवस्थापकिय गुणस्तर सुधारका लागिं तालिम सञ्चालन गरिएको जनाईएको छ। पौस २० गतेदेखी संञ्चालन भएको तालिम आईतबार सम्पन्न गरिएको हो।
शिक्षण पेसालाई प्रभावकारी र प्रबिधिमौत्री बनाउने उदेश्यका साथ तालिम सञ्चालन गरिएको प्रधानाध्यापक कलौनीले बताए। तालिममा मणिलेक माबिका ३३ जना शिक्षक र बिद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक सघंका १६ जना पदाधिकारी लगायत ४९ जनालाई प्रशिक्षण दिईएको थियो।
शिक्षा तालिम केन्द्र दिपायलका बरिष्ठ प्रशिक्षक भिम प्रशाद पनेरुले प्रशिक्षण दिएका थिए। आफुहरुको क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको तालिमले शिक्षण सम्बन्धीका धेरै कुराहरु सिकेको सहभागि शिक्षकहरुले बताए।