शिबनाथ गाँउपालिकाले अनुदानमा हिउँदे फलफुलका विरुवा वितरण गर्दै

बैतडी । शिबनाथ गाँउपालिकाले अनुदानमा हिउँदे फलफुलका विरुवा वितरण गर्ने भएको छ। गाँउपालिकाले ८० प्रतिशत अनुदानमा हिउँदे फलफुलका विरुवा वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले बताए।

कृषि बिकास शाखाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार हिउँदे फलफुलका विरुवा वितरण गर्ने जनाईएको छ। १० ओटा बोटबिरुवा भन्दा माथि लगाउने ब्यक्ति, समुह र फर्महरुले सम्पर्क गर्न आग्रह गरिएको छ।

अनुदानमा ओरख र स्याउ वितरण गरिने छ। २० प्रतिशत तिर्नु पर्ने रकम वाफत प्रतिबोटा १०० रुपैयामा लग्न आग्रह गरिएको छ। सेवा लिनेले निबेदन, नागरिकताको फोटोकपि, समुह/फर्म भएमा संस्था दर्ता प्रमाणपत्रको नविकरण भएको प्रतिलिपि कृषि बिकास शाखामा बुझाउन आग्रह गरिएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.