बैतडीको शिबनाथमा जारी राष्ट्रपति रनिङ शिल्ड : आज ४ खेल सम्पन्न

बैतडी । शिबनाथमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ। नगार्जुन माबि शर्मालीको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको शुरुवात गरिएको हो।

आज पहिलो दिन ४ खेल सम्पन्न भएका छन। छात्र तर्फको १०० मिटर दौडमा नगार्जुन माबि शर्मालीका रमेश रावत प्रथम, चन्द्रदेवल माबि सोल्पलाका प्रकाश महत द्धित्तिय र उदय माबि कफाडिका मिन बहादुर चन्द तृतीय भएका छन। छात्रा तर्फ नगार्जुन माबि शर्मालीकि अन्जु साउद प्रथम, उदय माबि कफाडिकि अञ्जली धामि द्धित्तिय र हिरापुर माबि बसेडिभ्वाकि कबिता चन्दले तृतिय स्थान हासिल गरेको भलिबल प्रशिक्षक हरि सिह भण्डारीले बताए।

८०० मिटको दौडमा छात्र तर्फ हिरापुर माबि बसेडिभ्वाका जनक दयाल प्रथम, चन्द्रदेवल माबि सोल्पलामा मनोज साउद द्धित्तिय र शारदा माबि मटेलाका राजेन्द्र सिह चाड तृतिय भएका छन। छात्रा तर्फ नगार्जुन माबि शर्मालीककि अनिता साउद प्रथम, हिरापुर माबि बसेडिभ्वाकि माया चन्द द्धित्तिय र शिवपूर्ण माबि लामाखालिकि सिता धनाडीले तृतिय स्थानमा हासिद गरेको जनाईएको छ।

यसैगरी ज्याललिङ थ्रो अन्तर्गत छात्रा तर्फ चन्द्रदेब माबि सोल्पला पहिलो, नगार्जुन माबि शर्माली दोस्रो र हिरापुर माबि बसेडिभ्वा तेस्रो भएको छ। छात्रा तर्फ हिरापुर माबि बसेडिभ्वा पहिलो, शिवपूर्ण माबि लामाखालि दोस्रो, पिपलकोट माबि लोजनी तेस्रो भएको भलिबल प्रशिक्षक भण्डारीले बताए।

सटपुट अन्तर्गत नगार्जुन माबि शर्माली पहिलो, हिरापुर माबि बसेडिभ्वा दोस्रो र उदय माबि कफाडि तेस्रो भएको छ। छात्रा तर्फ हिरापुर माबि बसेडिभ्वा पहिलो, उदय माबि कफाडि दोस्रो र श्रिपुर माबि बछला तेस्रो भएका छन।

आज पहिलो भलिबल पनि खेलाईएको थियो। छात्रा तर्फको भलिबलमा हिरापुर माबि बसेडिभ्वा र सारदा माबि मटेला बिच पहिलो खेल भएको थियो। जसमा हिरापुर माबि बसेडिभ्वाले जित निकालेको छ। नगार्जुन माबि शर्माली र श्रिपुर माबि बछला बिच भएको खेलमा नगार्जुन माबि शर्मालीले जित निकालेको छ।

छात्र तर्फको पहिलो खेल उदय माबि कफाडि र नगार्जुन माबि शर्माली बिच भएको थियो। जसमा नगार्जुन माबि शर्मालीले जित निकालेको छ। भलिबलका बाकि खेलहरु भोली खेलाईने भलिबल प्रशिक्षक भण्डारीले बताए।

आज गाउँपालिका अध्यक्ष कर्ण सिह साउदको अध्यक्षतामा र पुर्चौडी नगरपालिका नगर प्रमख दिपक बमको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्दघाटन गरिएको हो। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पौष २६ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा पालिका भरीका ८ माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको छ।

No description available.

Leave A Reply

Your email address will not be published.