प्रदेश रेफ्रि चन्दद्धारा पञ्चेश्वरको डुग्रीखान माबिलाई खेलकुद सामग्री वितरण

बैतडी । जिल्ला भलिबल सघं बैतडीका उपाध्यक्ष एवं प्रदेश रेफ्रि प्रेम बहादुर चन्दले खेलकुद सामग्री वितरण गरेका छन। पञ्चेश्वर गाउँपालिका-०१ स्थित डुग्रीखान माबि सेरीलेकलाई खेलकुद सामग्री वितरण गरेका हुन।

सोमबार बिद्यालयमै पुगेर खेलकुद सामग्री वितरण गरेका चन्दले बताए। केहि भलिबलहरु, नेट, पम्प, निडिल लगायतका सामग्री वितरण गरेको उनले बताए। बिद्यालयका खेल शिक्षक उत्तम बहादुर चन्दलाई खेलकुद सामग्री हस्तातरण गरेका हुन।

पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीका लागि र खेलकुद क्षेत्रमा केहि हदसम्म भएपनि सहज होस भनेर खेलकुद सामग्री वितरण गरेका चन्दले बताए। बिद्यालयलाई खेलकुद सामग्री वितरण गरेकोमा बिद्यालयका प्रधानाध्यापक ज्ञानसिह घटाल र बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रमेश सिह घटालले चन्दलाई धन्यबाद दिएका छन।

Leave A Reply

Your email address will not be published.