बैतडी- बैतडीको मेलौली नगरपालिका-१ मा रहेकाे अधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख सिता विष्टले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ ।

जन्मदिनकोअवसरमा विष्टले मेलौली नगरपालिका-१ मा अवस्थित सिंगापुर आधारभुत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम लगायतका समान वितरण गरेकाे हाे । ।विष्टले विद्यालयमा अध्ययनरत ७६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

फजुल खर्च बचाएर विद्यार्थीको अध्ययनमा सहज पु¥याउने हेतुले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको विष्टले बताउनु भयो । ‘पहिलो पटक विद्यालयमा जन्मदिन मनाउँदा निकै खुशी लागेको छ,’उहाँले भन्नुभयो । साथै उहाँले समेत फजुल खर्च बचाएर जीवनोपयोगी काममा लगाउन सुझाव दिनुभयो ।

आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा विष्टलाई सोहि विधालयकी प्रधानाध्यापक राजेश्वरी क्षेत्रीले धन्यवाद दिनुभएको छ ।उहाँले आगामी दिनमा पनि यस्तै सकारात्मक काम गर्न आग्रह गर्नु भएको थियो ।
