मेलौलीमा जारी राष्ट्रपति रनिङ शिल्ड : दोस्रो दिन यी खेलहरू सम्पन्न भए? हेर्नुस्

बैतडी । मेलौलीमा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंगलबारबाट जारी छ। मेलौली भगवती मन्दिरको प्राङ्गणमा प्रतियोगिताको सञ्चालन भईरहेको छ।

प्रतियोगिताको दोस्रो दिन २०० मिटर दौड अन्तर्गत छात्र तर्फ मणिलेक मा.बि प्रथम, बिशालपुर मा.बि द्धित्तीय र जगदम्वा मा.बि तृतीय भएको प्रदेश रेफ्रि लक्ष्मण जोशीले बताए। छात्रा तर्फ २०० मिटर दौड अन्तर्गत भरतपुर मा.बि प्रथम, मणिलेक मा.बि द्धित्तीय र बिशालपुर मा.बि तृतीय भएको जनाईएको छ।

ज्यावलिङ्ग थ्रो अन्तर्गत छात्र तर्फ मणिलेक मा.बि प्रथम, कमलपुर मा.बि द्धित्तीय र बिशालपुर मा.बि तृतीय भएको नगर खेलकुद बिकास समिति शकर भण्डारी सागरले बताए। छात्रा तर्फ कमलपुर मा.बि प्रथम, मणिलेक मा.बि द्धित्तीय र जगदम्वा माबि तृतीय भएको नगर खेलकुद बिकास समिति भण्डारीले बताए।

छात्रा लमजम्प तर्फ बिशालपुर मा.बि प्रथम, कमलपुर मा.बि द्धित्तीय र शितलपुर मा.बि तृतीय भएको जनाईएको छ। यसैगरी त्रिपलजम्प अन्तर्गत छात्रा तर्फ धर्मघर मा.बि प्रथम, प्रितिपुर मा.बि द्धित्तीय र मणिलेक माबि तृतीय भएको छ। छात्र अन्तर्गत लमजम्प र त्रिपलजम्पको खेल भोली हुने एथलेटिक्स नगर संयोजक केशब सिहले बताए।

४०० मिटर दौड अन्तर्गत छात्रा मणिलेक मा.बि प्रथम, शितलपुर माबि द्धित्तीय र बिशालपुर तृतीय भएका छन। छात्र तर्फ बिशालपुर माबि प्रथम, मणिलेक माबि द्धित्तीय र जगदम्वा माबि तृतीय भएका छन। यसैगरी ८०० मिटर दौड अन्तर्गत छात्रा तर्फ मणिलेक मा.बि प्रथम, भरतपुर मा.बि द्धित्तीय र प्रितिपुर मा.बि तृतीय भएका छन।

३००० हजार दौड अन्तर्गत छात्र तर्फ बिशालपुर मा.बि प्रथम, शितलपुर माबि द्धित्तीय र केदारेश्वर माबि तृतीय भएको प्रदेश रेफ्रि किशोर सिह नेगीले बताए। छात्रा तर्फ मणिलेक माबि प्रथम, बिशालपुर माबि द्धित्तीय र शितलपुर माबि तृतीय भएको जनाईएको छ।

भोली भलिबल अन्तर्गत छात्र तर्फ मणिलेक माबि र केदारेश्वर माबि फाईनल खेल्ने छन। तृतीयको लागि धर्मघर माबि सलेना र बिजयपुर माबि तिताबै खेल्ने छन।

प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखा प्राबिधिक सहायक रोहित भट्टले जानकारी दिए।अहिलेसम्म मणिलेक माबिले ७ स्वर्णका साथ अग्र स्थान कायम गरेको छ। यसैगरी बिशालपुर माबिले ५ स्वर्ण, कमलपुर माबिले २ स्वर्ण, भरतपुर माबिले १ स्वर्ण, धर्मघर माबिले १ स्वर्ण प्राप्त गरेको भट्टले बताए।

Leave A Reply

Your email address will not be published.