मेलौली दुर्घटना अपडेट् : टिप्परमुनि च्यापिएका रोहितको मृत्यु

बैतडी । मेलौलीमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। (आज) बिहान मेलौलीबाट पाटन तर्फ गईरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडक नजिक ०८ः४० बजे दुर्घंटनामा परेको थियो।

टिप्पर सडकबाट करिब १८.५० मिटर तल खसेको थियो। टिप्परमुनि च्यापिएका मेलौली नगरपालिका-०१ का रोहित दयालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए।

जेसिबी मार्फत टिप्परमुनि च्यापिएका रोहितको शब करिब ३ घण्टापछि निकालिएको छ। दुर्घटनामा परी टिप्पर चालक मेलौली नगरपालिका- ०१ का २४ बर्षीया गम्भीर टमटा सामान्य घाईते भएका छन। चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

मृतक रोहितको शब पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.