दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा जोशी हाजिर

बैतडीको दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशी हाजिर भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएपछि उनी नगरपालिकामा हाजिर भएका हुन् ।

गृह मन्त्रालयमा कार्यरत जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको पुस १२ गते दशरथचन्द नगरपालिकामा खटाउने निर्णय गरेको थियो । जोशीले आजदेखि नगरपालिकामा कार्यभार सम्हालेको बताएका छन् ।

जोशीले यसअघि बैतडीको मेलौली नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । मेलौली नगरपालिकामा रहदा सुशासन र सेवा प्रवाह चुस्त दुरस्त गरेका थिए। उनले पञ्चेश्वर गाउँपालिकामा समेत प्रमुख प्रशासकीय अधिकृत रुपमा काम गरिसकेका छन् ।

दशरथचन्द नगरपालिकामा रहँदा आफूले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । उनले भने ‘मैले बैतडीमा विगतमा पनि काम गरेको छु । दशरथचन्द नगरपालिकामा रहँदा आफूले सकेसम्म राम्रो काम गर्नेछु । यसमा सबैको सहयोग हुने आसा गरेको छु ।’

यसैबीच दशरथचन्द नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत जोशीलाई नगरपालिकामा स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर जोशीलाई नगरपालिकामा स्वागत गरिएको हो ।

Leave A Reply

Your email address will not be published.