बैतडी -बैतडीको मेलौली नगरपालिका–१ बिठ्ठनेमा निर्माणाधीन ३३ केभी विद्युत सवस्टेसन यसै आर्थिक वर्षभित्र सम्पन्न हुने वितरण केन्द्र बैतडीले जनाएको छ ।
मेलौली नगरपालिका सहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको विद्युतीकरणमा जोड दिनको लागि निर्माण हुन गइरहेको सबस्टेसन यही आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो ।
प्रदेश कार्यालयबाट खोलिएको ठेक्का भएपनि जिल्लाबाट आवश्यक समन्वय र पहल भइरहेको वितरण केन्द्र प्रमुख पौडेलले बताए । ठेक्काको म्याद सकिएको भएपनि निर्माण सम्पन्न नभएको पाइएपछि सम्बन्धित पक्षसँग समन्वय भइरहेको उनले बताउनुुभयो ।
सबस्टेसन निर्माण भई प्रयोगमा ल्याउन सके तल्लो स्वराड क्षेत्रको विद्युतीकरणमा निकै सहयोग पुग्ने विश्वास गरिएको छ ।जिल्लाको पाटन र मेलौलीमा एकै पटक विद्युतका सबस्टेसन प्रयोगमा ल्याउने तयारी भइरहेको छ । वितरण केन्द्रले जिल्लाका ग्रामिण क्षेत्रमा विद्युत विस्तारको कामलाई निरन्तरता दिइरहेको छ ।
राष्ट्रिय प्रशारण लाईन नपुगेको जिल्लाको एक मात्रै स्थानीय तहको रुपमा रहेको शिवनाथमा पनि एक हप्ता पहिले विद्युत पु¥याइएको छ ।पालिकाको ग्रामिण क्षेत्रमा विद्युत विस्तार भइरहेको गाउँपालिकाले जनाएको छ ।