बैतडी । शिबनाथ गाउँपालिका-०५ लामाखालिमा रहेको शिवपूर्ण माध्यमिक बिद्यालयले ३२ औँ बार्षिकोत्वस मनाएको छ। शुक्रबार एक कार्यक्रमका बिच ३२ औँ बार्षिकोत्वस तथा अभिभावक दिवस मनाएको बिद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले बताए।
बिद्यलालय ब्यवस्थापन समिति अध्यक्ष जनक सिह धनाडीको अध्यक्षता र शिबनाथ गाउँपालिका अध्यक्ष कर्णसिह साउदको प्रमुख आथिथ्यमा कार्यक्रम सम्पन्न भएको बिद्यालयका शिक्षक शम्भु सिह बिष्टले बताए। यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद बिशिष्ट अतिथि रहनु भएको शिक्षक बिष्टले जानकारी दिनुभयो।
कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका काम-काजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक चन्दले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। बिद्यालयको कुल आम्दानी ६१ लाँख १५ हजार ६०२ रुपैया रहेको जानकारी गराएका थिए। यसैगरी बिद्यालयको कुल खर्च ५८ लाँख ६५ हजार ३० रुपैया र २ लाँख ५३ हजार ५६४ बैकं मौज्जात रहेको जानईएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिह साउदले शिक्षा क्षेत्रमा ठुलो चुनौती रहेको बताउनुभयो। शिक्षा क्षेत्रको चुनौती, बिद्यालयमा कक्षा कोठाको समस्या समाधान गर्न पालिकाबाट हुने र अन्य-अन्य निकायबाट पहल गर्ने बताउनुभयो। आफु पदमा हुदा या नहुदा बिद्यालयलाई हरेक किसिमको सहयोग गर्ने बताए।
यसैगरी कार्यक्रममा बोल्द गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदले बिद्यालयको चौतर्फि बिकासका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो। हरेक अभिभावकहरुले आफ्नो छोराछोरीहरु बिद्यालयमा गएर के कति प्रगती गरिरहेका छन भनेर बुझ्नु पर्ने बताउनुभयो। आफ्ना छोरा-छोरीहरुले के गरिरहेका छन, बिद्यालय जान्छनकि जादैनन भनेर बुझ्नु पर्ने उनको भनाई रहेको थियो।
कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए।
साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो।








