बैतडी । १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि मेलौलीमा सातौं दिनको बन्द प्रशिक्षण सम्पन्न भएको छ। माघ २६ देखि मेलौलीमा शुरु हुने जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागी मेलौलीमा बन्द प्रशिक्षण जारी रहेको छ।
पालिकास्तरबाट छनौट भएका खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिएको मेलौली नगर खेलकुद समिति अध्यक्ष सागर भण्डारी सोराडीले बताउनुभयो। बन्द प्रशिक्षण माघ २३ गतेसम्म जारी रहने उनले बताए।
भलिबलको प्रशिक्षणमा नगर खेलकुद विकास समितिका अध्यक्ष भण्डारी आफै खटिएका छन। एथलेटिक्समा किशोर सिह नेगी, खेमराज भट्ट, र कबड्डीबडिको प्रशिक्षण रुपा महताले दिईरहनु भएको जनाईएको छ।
“खेलाडिहरुले बन्द प्रशिक्षणमा राम्रोसगं तयारी गरिरहेका छन,”नगर खेलकुद समिति अध्यक्ष भण्डारीले भने।,गत बर्ष जस्तै मेलौलीले यस बर्षपनि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी हात पार्नेमा आफु बिश्वस्त रहेको समेत भण्डारीले बताए।
प्रतियोगिता यहि माघ २६ गतेदेखी २८ गतेसम्म मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने छ। १० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारीले बताए। प्रतियोगितामा छात्र छात्रा अन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स र कराते हुने जनाईएको छ।
यसैगरी प्रतियोगितामा एक खेलाडीले एक बिधाको खेलमा मात्रै सहभागी हुन पाउने भएको छ। नियम विपरित कुनै खेलाडि दोहरीएको पाईएमा मेडल खोसिने सुचना मार्फत जानकारी गरिएको छ। यसैगरी अन्तराष्ट्रिय स्तरको प्रतियोगितमा सहभागि भईसकेको र छात्र खेलाडिको तौल ७० केजि र छात्राको तौल ६५ केजीभन्दा बढि भएका खेलाडिलाई सहभागि नगराईने समेत जनाईएको छ।
प्रतियोगितामा सहभागि हुने खेलाडि १८ बर्षभन्दा मुनिको र कक्षा १२ सम्म नियमित अध्ययन गरेको हुनुपर्ने जनाईएको छ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गत बर्ष पाटनमा सञ्चालन भएको थियो। पाटनमा सम्पन्न १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो।
मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको थियो। ७ स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित पाटन नगरपालिका दोस्रो र ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको थियो।