जिल्लास्तरीय रनिङ शिल्डः पुर्वमन्त्री तथा संघीय सांसद भण्डारीले उद्घाटन गर्ने

बैतडी । पर्सीदेखी मेलौलीमा शुरु हुने १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी अन्तीम चरणमा पुगेको छ। प्रतियोगिताको उद्घाटन पुर्वमन्त्री तथा संघीय सांसद दामोदर भण्डारीले गर्नुहुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए।

मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगिताको पर्सी बिहान ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको जनाईएको छ। प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ।

१० स्थानीय तहका ८०० बढी खेलाडी र प्रशिक्षक सहभागी हुने प्रतियोगिताको लागि खेलकुद प्राङ्गणमा आवश्यक तयारी भईरहेको जनाईएको छ। खेलमैदान सजावटदेखी लिएर मञ्च निर्माणको काम अन्तीम चरणमा रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भण्डारीले बताए।

बास बस्नको लागि सबै पालिकाका खेलाडी लगायत प्रतिनिधिहरुलाई छुट्टाछुट्टै होटलको व्यवस्था मिलाईएको नगर प्रमुख भिम बहादुर चन्दले बताए।खानेपानीको समस्या रहेको मेलौलीमा नगरपालिकाले आवश्यकता अनुसार ट्याकंरबाट समेत पानी ओसारेर समस्या सामाधान गरिने उनले बताए।

मेलौलीमा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता हुने भएपछि केहदिन अगाडीमात्रै नगर उपप्रमुख पार्वती बोहरा बिष्टको संयोजकत्वमा बजारको अनुगमन गरिएको थियो। मेलौली बजार क्षेत्रमा रहेका सबै होटलहरुको बस्तुस्थिति बुझिएको र सबै पाहुनाहरुको बसाई व्यवस्थापनमा कुनै समस्या नहुने उपप्रमुख पार्वती बोहरा बिष्टले बताइन्।

प्रतियोगिताको लागि आवश्यक स्वयमसेवक परिचालन, आवश्यक पुर्वाधार लगायतका सबै विषयमा जिममेवार ढंगले लागि परेको मेलौली नगर खेलकुद समितिका अध्यक्ष सागर भण्डारीले बताए।

Leave A Reply

Your email address will not be published.