शुशिल कोइराला मेमोरियल यू–१९ महिला क्रिकेट : सुदूरपश्चिम च्याम्पियन

बैतडी । सुदूरपश्चिम प्रदेश शुशिल कोइराला मेमोरियल यु–१९ महिला क्रिकेटको च्याम्पियन बनेको छ। बिहिबार भएको खेलमा कोहलपुर मेयर ११ लाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको हो।

जितका लागि पाएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम बलमा ८ विकेट गुमाउँदै भेट्टायो। जसमा प्लेयर अफ द फाइनल चुनिएकी मनिषा बोहराले ४१ रनको योगदान गरिन्। यस्तै कप्तान स्नेहा महराले १६ र हिशिला खड्का ६ रनमा अविजित रहिन्।

कोहलपुरका लागि त्रिसना विश्वकर्मा र आरती महतोले दुई दुई विकेट लिँदा एक विकेट प्रतिमा शाहले लिइन्। यसअघि कोहलपुरको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कोहलपुर मेयर ११ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन बनाएको थियो। उसका कप्तान साना प्रविनले अविजित ४० रन बनाइन्। उनले ५२ बलमा तीन चौकाको मद्दतले अविजित ४०, त्रिसाना विश्वकर्माले १२ र रिया शर्माले अविजित १४ रनको योगदान गरिन्।

सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महाराले दुई दुई विकेट लिएका थिए। उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता कोहलपुर मेयर(११ ले पचास हजार रुपैयाँ पायो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर(११ कि कप्तान सना प्रविन घोषित भईन् जसले १५ हजार रुपैयाँ हात पारिन्। उत्कृस्ट बलर गण्डकी प्रदेशकि रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर-११ कि सना प्रविन घोषित भईन् जसले समान ५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकि सावित्री धामी घोषित भईन्।

समापन समारोहका प्रमुख अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रशाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नु भयो।

प्रतियोगितामा कोहलपुर मेयर-११, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.