२५, मंसिर शनिबार, २०७८
बैतडी- अखिल नेपाल महिला संघ बैतडीले संगठन विस्तार अभियानलाई तिब्रता दिएको छ । प्रत्येक पालिका तहमा अधिवेशन गरिरहेको अनेम संघले आज शनिबार जिल्लाको मेलौली नगरपालिकामा प्रथम नगर अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनले गोमा भट्टको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा चन्द्रा पुजारा तथा सचिवमा विष्ना महर विष्टलाई चयन गरिएको छ ।भने सहसचिवमा लक्ष्मी ओझा तथा कोषाध्यक्षमा कस्तुरी नायकलाई चयन गरिएको छ ।
पाटीका जिल्ला कमिटि सदस्य गोमा भट्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी अनेम संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरस्वति नेपाली प्रमुख अतीथी रहनुभएको थियो ।कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी सदस्य दुरा भट्टराई ,जिल्ला सचिवालय सदस्य तथा द.न.पा. इन्चार्ज निर्मल पाण्डे विशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा मेलौली इन्चार्ज जगदिश नायक अतिथी रहनुभएको थियो ।अनेरास्ववियु सुदुपश्चिम विश्व विद्यालय राष्टिय कमिटी उपसचिव धनी दत्त भट्ट ,बलभद्र दयाल लगायतका नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।