बैतडी-डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलौलीले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको सहजिकरण डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख मेन राज ढाकाल एवम अनुगमन अधिकृत ऋषीराम पौडेलले गरेका थिए ।
उक्त कार्यक्रममा ६० जना केन्द्र प्रमुख, शाखाका कर्मचारी, र बिशेष अतिथि मेलौली नगरपालिकाका नगर उप प्रमुख पार्वती बोहरा विष्ट मेलौली नगरपालिका वडा न ६ का वडा अध्यक्ष तारा दत्त,वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, वडा न ८ का वडा अध्यक्ष तपेन्द्र सिंह विष्ट कार्यापालिका सदस्य तथा ईलाका प्रहरी कार्यालय मेलौली ईन्चार्ज समेतको उपस्थिति रहेको थियो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख मीन राज ढाकालले संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।
त्यस्तै, अनुगमन अधिकृत ऋषीराम पौडेलले वित्तीय रुपमा साक्षर भएर मात्र वित्तको परिचालन गर्न सुझाब दिंदै वित्तीय साक्षरताको बारेमा, यसको महत्व र यसको आबश्यकताको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए ।
त्यसैगरी शाखाका शाखा प्रबन्धक नवराज बजगाँईले उपस्थित सदस्यहरुलाई स्वागत गर्दै शाखा स्थापना र हाल सम्मको शाखाको अबस्थाको बारेमा जानकारी दिए ।