बैतडीको पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु सम्मानित

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरुलाई वडा कार्यालयले सम्मान गरेको छ । दादुरा रुबेला बिरुद्धको खोप अभियानमा सक्रिय रहेका ३ जना कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच वडा कार्यालयबाट सम्मान गरिएको पञ्चेश्वर स्वास्थ्य चौकीले जनाएको छ ।

फागुन १७ गतेदेखि २१ गतेसम्म चलेको खोप अभियानमा सक्रिय अनमी कोकिल भट्ट र सरस्वती भण्डारी तथा अहेव भास्कर तिवारीलाई खादामाला सहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले जानकारी दिए ।

पञ्चेश्वर स्वास्थ्य चौकी मातहत ५ वटा खोप केन्द्र मार्फत ९६ प्रतिशत बालबालिकाहरलाई खोप लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.