बैतडी-नेपाल रेडक्रस सोसाइटी गिरेगडा उपशाखाको आयोजनामा जुनियर तथा युवा रेडक्रस सर्कल स्थापना दिवस मनाइएको छ ।पञ्चेश्वर गाउँपालिका वडा.न ५ स्थित नागार्चन माध्यामिक विद्यालय रन्तोलीमा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेरेसो बैतडी जिल्ला शाखाका मन्त्री रमेश सिंह भण्डारी प्रमुख अतिथी रहेका थिए ।भने नेरेसोे गिरगेडा उपशाखा कार्यसमितिका सम्पूर्ण पदाधिकारी सदस्य लगायत विद्यालयमा प्रधानाध्यापक शिक्षक र विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका नेरेसो बैतडी जिल्ला शाखाका मन्त्री भण्डारीले मानवीय सेवा भावनाबाट अभिप्रेरित भई जँ हेनरी ड्युनाले रेडक्रसको स्थापना गरेको चर्चा गर्दै मानवीय सेवा गर्न यस्ता कार्यक्रमबाट बालबालिकाहरु उत्प्रेरित हुने कुरा उल्लेख गर्नु भयो ।
बैतडीमा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत २३ ओटा उपशाखा रहेका छन् । आधारभूत तहका विद्यालयहरुमा जुनियर रेडक्रस सर्कल गठन गरिएका छन् भने माध्यमिक तहका विद्यालय र क्याम्पसहरुमा युवा रेडक्रस सर्कल गठन गरिएका छन् ।