बैतडी : विद्यालयले चाउचाउ, बिस्कुट लगायतका पत्रु खानेकुरा जंक फुड खानेकुरा बन्द गरेको छ । जिल्लाको शिवनाथ गाउँपालिका–२ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीले विद्यालय समयमा र परिसरमा पत्रु अर्थात् प्याकेटका खानेकुरा जंक फुड लैजान पूर्ण रुपमा रोक लगाएको विद्यालयका प्रधानाध्यापक महामल सिंह साउद बताए।
दैनिक जस्तो बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालय समयमा चाउचाउ, बिस्कुट लगायतका पत्रु खानेकुरामा प्रतिबन्ध गरिएको सिद्धेश्वर मावि पाटन नगरपालिका ९ का प्रधानाध्याप गणेश दत्त भट्टले बताए।
विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि छात्र छात्रामा पत्रु खाना खाने प्रवृत्तिमा कमी आएको प्रधानाध्याप भट्टले बताए। पहिले पहिले त नियन्त्रणमा ल्याउन समस्या आए पनि आजभोलि विद्यालय समयमा पत्रु खाना खाने बानीमा उल्लेख्य मात्रामा कमी आएको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा अध्ययनरत छात्रा प्रशंशा साउंदले बताईन्।
घरको खानामा त्यति रुचि नराख्ने विद्याथी हिजो आज घरबाटै खाना, खाजा ल्याएर खाने गरेको सिद्धेश्वर माद्यमिक विद्यालय पाटन ९ हुक्केडाँडाका विद्यालय व्यस्थापन समिति अध्यक्ष प्रेम सिंह भाटले बताए। बनि बनाउ खानेकुरा अर्थात जङ्क फुडका कारण बालबालिकामा नकारात्मक प्रभाव पर्ने बारेको जनचेतना सँगै बैतडीका विद्यालयमा यस्तो खाने कुरामा रोक लगाउन थालिएको छ। सामुदायीक विद्यालयले बनि बनाउ खानारोक लगाउन थाले सँगै विद्यार्थी र अभिभावक खुसी भएका छन्।
रैथाने तथा पोषणयुक्त बालीबाट बनेको खाने कुराले स्वस्थ रहन सहयोग पुग्ने केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेलौली प्रमुख मुकेशकान्त दयालले बताए। बैतडी जिल्लामा ५३९ सामुदायिक विद्यालय छन्। तीमध्ये केहि विद्यालयहरुले यस्ता पत्रु अर्थात् प्योकटका तयारी खाने कुरामा रोक लगाएका छन।