बझाङ– बझाङमा नेकपा माओवादीबाट जनक बुढा उम्मेदवार बन्ने भएका छन्।
आगामि वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ। जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो।
उनी प्रदेश कमिटी सचिवसमेत हुन्। उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ। एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघिनै निर्णय गरेको छ। काँग्रेसले भने अझ सम्म उम्मेदवारको ट्ङ्गो लगाएको छैन्।