राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ। आज बसेको संसदीय दल कार्यसमितिको बैठकले पार्टी नेत्री विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

पुडासैनी गएको माघमा राष्ट्रिय सभामा निर्वाचित हुनुभएको थियो। राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन तालिकाअनुसार आज दर्ता भएका प्रस्तावको सूची आजै प्रकाशन गरिनेछ। दर्ता भएका प्रस्तावलाई राष्ट्रिय सभाको भोलि बस्ने बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ।

राष्ट्रिय सभामा अहिले ५८ जना सदस्य छन्। माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० का आठ, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एकरएक तथा दुई जना मनोनीत सदस्य छन्।

माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा एमाले, एकीकृत समाजवादी र जसपा नेपालबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनेबारे सहमति जुटाउने प्रयास भइरहेको छ।

Leave A Reply

Your email address will not be published.