बैतडीमा पनि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बैतडी-बैतडीमा पनि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै छ ।विहिबार र शुक्रबार राष्ट्रिय कार्यक्रम अनुसार नै बैतडीमा पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयो ।

६ महिना देखि ५९ महिना सम्मका २० हजार ७१२ बालबालिकाहरु लाई भिटामिन ए क्यापसुल र १ देखि ५ वर्षमुनिका १८ हजार १९५ बाललबालिकाहरु लाई जुकाको औषधी खुवाइन लागेको उहाँले बताउनुभयो।

स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई महिला स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि जिल्ला भित्र स्वयंसेविका परिचालन गरिएका बताइएको छ ।

बच्चाको पेटमा जुका परेपछि रक्त अल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो।

बैतडीमा यसका लागि जिल्ला भरिका ८३१ महिला स्वयमंसेविका परिचालन गरिने भएको छ ।महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाइएको छ ।

नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविका सँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन जिल्ला स्वास्थ्य कार्यालय, बैतडीले अनुरोध गरेको छ ।

हरेक छ÷छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ।

Leave A Reply

Your email address will not be published.