मेलौली -९ मा शिक्षाको गुणस्तर सुधार गर्न शैक्षिक संवाद

बैतडी-बैतडीको मेलौली नगरपालिका वडा न-९ ले शैक्षिक गुणस्तर सुधार गर्न विभिन्न उपायको खोजी थालेको छ ।सामुदायिक विद्यालयको घट्दो आकर्षणलाई उकास्न वडाले कार्यालयले वडाभित्रका राजनीतिक दलका प्रतिनिधि, वडा शिक्षा समिति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, पूर्वप्रधानाध्यापक, व्यवस्थापन समितिका पूर्वपदाधिकारी, विद्यार्थी लगायतलाई एक ठाउँमा भेला गरेर शैक्षिक संवाद  थालेको हो ।
सामुदायिक विद्यालयको गुणस्तर बनाउने लक्ष्यका साथ शैक्षिक संवाद तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको वडा न -९ का वडा अध्यक्ष लोक राज भट्टले बताउनुभएको छ।
वडाले आयोजना गरेको सर्वपक्षीय शैक्षिक बहसको माध्यमबाट सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने राय सुझाव समेत संकलन गरिरहेको उनले बताउनुभयो ।राय सुझाव संकलन गरेर कार्यान्वयनमा जान्छौैँ ।सबैले दिएको सुझाव र निचोडलाई चालु शैक्षिकसत्रबाट कार्यान्वयनमा ल्याउने योजना बनाएका छौँ ,वडा अध्यक्ष लोक राज भटट्ले भन्नुभयो,
स्थानीय सरकार र जनप्रतिनिधिसँग शिक्षक,विद्यार्थीको अभिभावक,सरोकारवालाहरुको धारणा, अपेक्षा,सेवा प्रवाहबाट सन्तुष्टि भए नभएको पहिचान गर्न र ती समस्या हल गर्ने प्रयास स्वरुप शैक्षिक संवाद तथा अन्तक्र्रियात्मक कार्यक्रम सुरु गरिएको कार्यक्रमका सहजकर्ता नरिराम लुहारले बताउनुभयो ।
वर्तमान जनप्रतिनिधि निर्वाचित भएलगत्तै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि पहल थालिए पनि हालसम्म प्रभावकारी कार्यान्वयन भएको छैन । वडा न -९ मा १ मावि, र ४ आवि गरी ५ सामुदायिक विद्यालय सञ्चालनमा छन ।

Leave A Reply

Your email address will not be published.