बैतडीमा विश्व उच्च रक्तचाप दिवसको अवसरमा व्यापारीहरुको रक्तचाप जाँच

बैतडी : विश्व उच्च रक्तचाप दिवसको अवसरमा बैतडीमा व्यापारीहरुको रक्तचाप जाँच गरिएको छ। भुमेश्वर स्वास्थ्यचौकीको आयोजनामा पाटन नगरपालिका ४ स्थित ठाँड बजारमा व्यापारीहरुको रक्तचाप जाँच गरिएको हो।

रक्तचापका बिषयमा जानकारी दिने, उच्च रक्तचाप भएमा हुन सक्ने जोखिमका बिषयमा जानकारी दिने उद्देश्यसहित व्यापारीहरुको रक्तचाप जाँच गरिएको भुमेश्वर स्वास्थ्यचौकीका प्रमुख जगदीश विश्वकर्माले जानकारी दिए। हरेक बर्ष मे १७ तारिखका दिन विश्व उच्च रक्तचाप दिवस मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसारका हरेक ४ जना पुरुष मध्ये एकजनामा उच्च रक्तचापको समस्या हुने गरेको छ।

उच्च रक्तचापको समस्या भएमा टाउको दुख्ने, रिङटा लाग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढेको जस्ता लक्षण देखिने गरेका छन्। उच्च रक्तचापका कारण मृगौलामा समस्या आउन सक्ने, हृदयघात हुन सक्ने लगायतका जोखिमहरु समेत हुने गरेका स्वास्थ्यचौकी प्रमुख विश्वकर्माले बताए।

उच्च रक्तचापका बिषयमा जानकारी लिन र आफ्नो रक्तचापका बिषयमा जानकार हुन नजिकैको स्वास्थ्य संस्थामा रक्तचापको जाँच गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

Leave A Reply

Your email address will not be published.