बैतडीको पाटन नगरपालिका ६ मा एक पुरुष मृत फेला परेका छन्। आइतबार साँझ करिब ५ बजेको समयमा पाटन ६ को गोइडा खोलामा एक पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
गोइडाखोलमा अन्ताजी ३५ वर्षीय पुरुषको शव फेला परेको र सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जाकारी दिए।
घटनास्थलमा अहिले प्रहरी खटिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।