बैतडी : नेपाली कांग्रेस निकट खेलकुद संघ लोकतान्त्रिक खेलकुद संघ बैतडीको अध्यक्षमा पुष्कर धानुक मनोनित भएका छन्। धानुकलाई नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले मनोनित पत्र हस्तान्तरण गर्नुभयो।
करातेका राष्ट्रिय खेलाडी समेत रहेका धानुकले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।