आज प्रतिनिधि सभाको बैठक बस्दैछ। आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा अहिलेसम्म छलफल हुन सकेको छैन । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुने हो।
सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुनेछ।
गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन गरेको भन्ने बारेमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा सहमतिका लागि गठित कार्यदलको बैठकमा सहमति हुन नसक्दा संसद अवरुद्ध भइरहेको छ।