कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा लेखक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्।

लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन्। विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए।

Leave A Reply

Your email address will not be published.