सुर्नयाका युवाद्धारा चन्दा संकलन गरि बिद्यालयको मुल ढोकामा रङ्गंरोगन

बिपिन बिसी : बैतडीको सुर्नया गाँउपालिका–०२ ग्वानीका युवाहरुले बिद्यालयको मुल ढोकामा रङ्गंरोगन गरेका छन। आईतबार केहि युवाहरुले चन्दा संकलन गरी नेपाल राष्ट्रिय माविको मुल ढोकामा पेन्टिङ गर्नेदेखी लिएर बिद्यालयको नाम लेखेको युवा समाजसेवी बिनोद बिष्टले बताउनुभयो।

मुल ढोकामा बिद्यालयको नाम पनि नभएकाले बिद्यालयको नामसगै पेन्टिङ गरेर आर्कषक बनाईएको समाजसेवी बिष्टले बताए। स्थानीय केहि युवाहरु मिलेर करिब ५ हजार बराबरको पेन्टिङ गरिएको जानकारी गरिएको छ।

बिगतका दिनदेखी नै गाँउमा थुप्रै सामाजीक कार्य गरिसकेका बिष्टको अगुवाईमा बिद्यालयको मुल ढोकामा रङ्गंरोगन गरिएको हो। स्थानीय युवा पवन चँन्द, हरिष बिष्ट, बिनोट बिष्ट र बिद्यालयको तर्फबाट गरेर मुल ढोकामा पेन्टिङ गरिएको बिष्टले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.