बैतडीको सुर्नया पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

बैतडी: सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। बुधबार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। सुर्नया गाउँपालिकाभरीमा खोप पाउने उमेर समुहका सबै बालबालिकाहरुले नियमित खोप तालिाका अनुसार खोप पाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख राम सिंह महराले जानकारी दिए।

सुर्नयामा १५ महिनासम्मका ४३६ र १६ देखि ५९ महनिासम्मका १ हजार ३ सय १४ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार नियमित खोप पाएका छन्। यो कार्यक्रम प्रत्येक वर्ष गरिदै आएको छ। पालिकाका वडाहरुले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने गरिएको छ।

जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई घोषणा गरिने गर्ने कार्यक्रम छ।

Leave A Reply

Your email address will not be published.