बैतडीमा आगलागीबाट एकजनाको भान्छा घर जलेर नष्ट भएको छ। जिल्लाको पाटन नगरपालिका-४ का केशवसिंह ऐरीको घर र भान्छा घरमा मंगलबार साँझ साढे ६ बजेतिर आगलागी भएको हो।
घर बाहिर बालेको आगो सल्किँदा दुई तले ६ कोठे घर र कच्ची भान्छा घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। आगलागीबाट भान्छा घर पूर्ण रुपमा नष्ट भएको छ भने भित्र रहेका खाद्यान्न र भाँडाकुडा जलेर नष्ट भएका छन्।
आगलागीबाट करिब ८० हजार बराबरको क्षति भएको छ। साथै एरीले पालेको एक गाई समेत जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिएका छन।