टी-१० भेट्रान डीसिएल खसी कप क्रिकेटको उपाधि निङलाशैनी वारियरलाई

बैतडी बैतडीमा सम्पन्न पहिलो संस्करणको टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि निङलाशैनी वारियरले जितेको छ। आज सम्पन्न फाइनल खेलमा जगन्नाथ अभोलिङ भेट्रान स्टारलाई ८ विकेटले हराएर वारियरले उपाधि रक्षा गरेको हो।

जितका लागि पाएको १०२ रनको लक्ष्य वारियरले ७।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। जसमा रिसिकेश बोहराले अविजित ४०,पुरन रावलले ३०,महेन्द्र मार्कण्डले अविजित २३,राम चन्दले १५ रनको योगदान गरे।
स्टारका लागि महेश पुजारा र राजेन्द्र भट्टले १र१ विकेट लिए। यसअघि निङलाशैनी खेल मैदान,देहिमाडौंमा पहिला ब्याटिङ गरेको स्टारले १० ओभरमा ६ विकेटको क्षतिमा १०१ रन बनायो ।
उसका मनोज जोशीले ३४,शेर खत्रीले ३०,टेक चन्दले २४ रन बनाए।

वारियरका लागि राम चन्द र रिसिकेश बोहराले २र२ विकेट झारे। रिसिकेश म्यान अफ द फाइनल भएका स्कोरर भास्कर बोहराले बताउनुभयो। यसैबीच प्रतियोगिताभर १८८ रन र ५ विकेट हात पारेका आयोजक टिमका दीपक बोहरा म्यान अफ द सिरिज भए।

यस्तै आयोजककै दीपक पन्त बेस्ट बलर,भेट्रान स्टारका मनोजराज जोशी बेस्ट ब्याटर भए। उपाधिसंगै वारियरले खसी,ट्रफी र प्रमाणपत्र र उपविजेता स्टारले पनि खसी,ट्रफी र प्रमाणपत्र पाएका छन्।

विजेता उपविजेता खेलाडीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोगराज जोशी,आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहरालगायतले पुरस्कार वितरण गर्नुभयो।

निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ११ टोलीको सहभागीता रहेको थियो। प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.