बैतडी : मेलौलीका ४ जना बिद्यार्थीलाई स्कुल ड्रेस वितरण गरिएको छ। कपडा बैंक बैतडीले आर्थीक अवस्था कमजोर भएका मणिलेक माविका ४ जना बिद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको बैंकका संयोजक महेश दत्त भट्टले जानकारी दिए।
मणिलेक नमुना माध्यमिक विद्यालयमा अध्यनरत शर्मिला दयाल, कमला पोखरेल, सिर्जना पोखरेल र सुरेन्द्र पोखरेललाई बिद्यालयमै स्कुल ड्रेस वितरण गरिएको संयोजक भट्टले बताए। स्कुल ड्रेस किन्न सक्ने अवास्था नभएका बिद्यार्थीलाई कपडा बेँकद्धारा स्कुल ड्रेस वितरण गरिएको जनाईएको छ।
समाजमा एकसरो लुगा समेत किन्न सक्ने अवस्था नभएका ब्यक्तिलाई कपडा बैंकले मौसम अनुसारका लुगा कपडा वितरण गर्दै आएको छ।