बैतडी : बरिष्ट लोक तथा देउडा गायक महेश कुमार औजीको नयाँ देउडा गित “ए ईजु गौग्यो परान” सार्वजनीक भएको छ। गायक औजीको आफ्नै युटूबच्यानलबाट गित भिडियो सहित सार्वजनीक भएको छ।
आमाछोरा अगल हुनुको पिडा गितमा उल्लेख गरिएको छ। धन कमाउन लाहुर गएको छोरा उतै घाईते भई अस्पतालमा छटपटाउदा आमाको साहारा ढलेको कुरा गितमा समाबेश गरिएको छ।
गायक औजीको लय, शब्द र स्वर रहेको गितलाई कृष्ण बाजुरेलीले एरेन्ज गरेका हुन। भिम थापाको कथा तथा निर्देशन रहेको भिडियोमा दिपेन्द्र बोगटी, आशोक बिष्ट र शोभा थापा लगायतका कलाकारहरुले शुन्दर अभिनय गरेका छन।
सुदूरपश्चिमको बैतडी पञ्चेश्वरमा जन्मीएका गायक औजी देउडा क्षेत्रका धरोहर मानिन्छन। देउडामा आफ्नौ छुट्टै पहिचान बनाएका गायक औजीका गितहरु स्रोताहरुले अत्याधिक रुचाएको पाईन्छ।
गायक औजीको केहि समय अगाढी मात्र लैजा परान बोलको गित बजारमा आएको थियो। जुन गित अत्याधिक मात्रमा रुचाईएको थियो।
बिगतका गितहरु जस्तै नयाँ गितलाई पनि रुचाईदिन गायक औजीले आग्रह गरेका छन।